मोदीले बधाई दिएपछि प्रधानमन्त्री देउवाले यस्तो भने
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग दुई देश र जनताबीचको सम्बन्धलाई मजबुत बनाउन मिलेर काम गर्ने बताएका छन्। हिजो प्रतिनिधिसभामा विश्वासको मत लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई ट्विटरमार्फत बधाई तथा शुभकामना दिएका थिए। त्यसको जवाफमा देउवाले लेखेका छन्,“धेरै धेरै धन्यवाद प्रधानमन्त्री नरेन्द्र मोदी जी। दुई देश र जनताबीचको सम्बन्धलाई मजबुत मनाउन तपाईसँग मिलेर काम गर्ने विश्वास लिएको छु।”
प्रतिक्रिया दिनुहोस्
