निरंकुश प्रवृत्तिमाथि अंकुश लाग्यो, यो जनताको जित हो : माधव नेपाल काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्चको आदेशले निरंकुश प्रवृत्तिमाथि अंकुश लगाइदिएको भन्दै यो लोकतन्त्र, संविधान र जनताको जित भएको बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले आजको घटनाले राजनीतिक स्थायित्व दिँदैन भन्दै पटक–पटक संसद विघटन गर्ने कदमलाई गलत पुष्टि गरिदिएको बताए। यसले संविधान, सर्वोच्चको फैसला र जनभावनाको कदर गरेको नेता नेपालले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्