एमाले संस्थापन समूहका ४ सांसदले गरे फ्लोर क्रस काठमाडौं। काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा नेकपा एमालेका संस्थापन समूहका ४ सांसदले फ्लोर क्रस गरेका छन्। संस्थापन समूहका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम ओलले देउवालाई विश्वासको मत दिएको सांसद मेटमणी चौधरीले बताए। यसअघि माधव नेपाल समूहले मात्रै फ्लोर क्रस गर्ने भनिए पनि संस्थापन समूहका सांसदले पनि फ्लोर क्रस गरेका छन्।
प्रतिक्रिया दिनुहोस्