प्रधानमन्त्रीले देउवाले भने, 'सरकारको मुख्य तीन प्राथमिकता, खोप खोप खोप' काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्रमुख प्राथमिकता कोरोना विरुद्धको खोप रहेको बताएका छन्। विश्वासको मतको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै देउवाले भने, 'सरकारका मुख्य तीन प्राथमिकता छन्, खोप खोप खोप।' विकास निर्माण महत्त्वपूर्ण भए पनि जीवन अझ महत्त्वपूर्ण रहेकाले सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने विषय सरकारको पहिलो प्राथमिकतामा रहेको देउवाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्