देउवाको पक्षमा १४३ मत सुनिश्चित काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट बहुमत पाउने सुनिश्चित भएको छ। कुल २ सय ७१ मध्ये बहुमतका लागि आवश्यक १३६ भन्दा धेरै सांसदको समर्थन देउवाले पाएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी र जसपाका १ सय ४१ सांसदले देउवाको पक्षमा मत दिने सुनिश्चित भएको छ। राष्ट्रिय जनमोर्चाबाट स्वतन्त्रमा जितेर माओवादी प्रवेश गरेका एक सांसदले पनि देउवालाई विश्वासको मत दिने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्