दुई तिहाइ सरकारको प्रधानमन्त्रीले पटक–पटक संसद् विघटन विश्वमै पहिलो घटनाः प्रचण्ड काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको प्रधानमन्त्रीले पटक–पटक संसद् विघटन गरेको घटना विश्वमै पहिलो भएको बताएका छन्। विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै प्रचण्डले ५ वर्षमा दुई पटक संसद् विघटन र दुई पटक नै अदालतबाट पुनर्स्थापना हुनु विडम्बनापूर्ण रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्