झलनाथ खनालको अपिल, देउवालाई विश्वासको मत दिनुस् काठमाडौं। पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन्। भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले विज्ञप्ति जारी गर्दै सरकार संविधानको ३० दिनभित्रमा विश्वासको मत प्राप्त नगरे मुलुकको स्थिति फेरी संकटग्रस्त हुने भन्दै यस्तो अपिल गरेका हुन्। उनले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने कुरा उल्लेख गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्