देउवालाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो– नेतृ झाँक्री काठमाडौं। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेबहादुर देउवालार्ई विश्वासको मत दिनु आफूहरुको कर्तव्य भएको बताएकी छन्। नेपाल समूहमा रहेकी झाँक्रीले सामाजिक सञ्जालमा लेख्दै सांसदहरूसँग संसदलाई पुरा कार्यकाल सञ्चालन गर्न सबैले विवेक प्रयोग गरी पक्षमा भोट हाल्न आग्रह गरेकी छन्। उनले भनेकी छन्–“हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्