कांग्रेस र माओवादी केन्द्र संसदीय दलकाे बैठक बस्दै काठमाडाैं।सत्तारूढ नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ।बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने माओवादी केन्द्रको संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसदमा माओवादीको भूमिका र सरकारमा सहभागिताबारे छलफल हुने जनाइएको छ।सर्वोच्च अदालतको फैसलाबाट दोस्रोपटक पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठकअघि संसदीय दलको बैठक बस्न लागेको हो।कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरमा बस्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्