पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै काठमाडौं। पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ। गत असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापना गर्दै साउन ३ गतेभित्र बैठक बोलाउन आदेश दिएको थियो। सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पनि परमादेश जारी गरेको थियो। देउवा नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरेकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्