पार्टी एकताको प्रयत्न जारी राख्न जुटे ओली र नेपाल पक्षका नेताहरू काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको फेरि पार्टी एकता प्रयासमा जुटेका छन्। शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा पार्टी एकताको प्रयत्न जारी राख्ने विषयमा छलफल भएको नेता रघुजी पन्तले बताए। कार्यदल भंग भएपनि कार्यदलका साथीहरू पार्टी एकताका विषयमा अनौपचारिक छलफलमा रहेको भन्दै उनले भने,“पार्टी एकतालाई पूर्णता दिन छलफललाई निरन्तरता दिन्छौं।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्