प्रदेश २ सरकारमा सहभागी हुँदै माओवादी केन्द्र, दुई मन्त्रीको शपथ भोलि जनकपुरधाम। नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी हुने निश्चित भएको छ। शुक्रबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दिलीपकुमार साहले जानकारी दिए। साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित र कर्ण सप्तरीकी समानुपातिक सांसद हुन्।उनीहरूको शपथ भोलि ३ बजे हुने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्