सभामुख सापकोटाले भने, ‘दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो छ’ काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन्। सङ्घीय संसद भवनमा संसद अधिवेशनको व्यवस्थापन तयारीको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पुनस्र्थापित संसद धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेको स्पष्ट पारे। जनताको आशालाई विश्वासमा परिणत गर्न सबैले नयाँ परिवेशमा नयाँ ढङ्गले विगतका अनुभवको समीक्षा गर्दै व्यवस्थापन,प्रस्तुति र छलफलको वातावरण बनाएर अघि बढ्नुपर्नेमा उनको जोड थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्