महान्यायाधिवक्ताको शपथ शितल निवास बाहिर गराउन भनेपछि विवाद
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शितल निवास अन्यत्र शपथ गराउन भनेपछि विवाद उत्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले नियुक्तिको सिफारिस गरेपछि राष्ट्रपतिले उनको नियुक्ति गरेकी थिइन्। नवनियुक्तको शपथ राष्ट्रपतिको रोहवरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गराउने तयारी भएको थियो। खातीलाई शपथ गराउँदा शितल निवास बाहिर गराउन भनेपछि तरंग आएको छ।
प्रतिक्रिया दिनुहोस्
