देउवाले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न एमालेको निर्देशन काठमाडौं। नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक एवं अस्वस्थ विधिबाट बनेको भन्दै विश्वासको मत नदिने सांसदलाई निर्देशन दिएको छ। तथापि सर्वोच्च अदालतले संविधानको धारा ७६(५)मा पार्टीको ह्वीप लागू नहुने आदेश दिएको छ। माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने भन्नेबारे सोधिएको प्रश्नमा एमाले प्रवक्ता प्रदीप ज्ञावलीले भने, ‘‘हामी प्रतिपक्ष हौं। प्रतिपक्षले के गर्नुपर्छ भनेर भनिरहनु पर्दैन।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्