एमालेको स्थायी कमिटी बैठक सुरु, कार्यदलको सहमतिमाथि छलफल हुँदै काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बैठक जारी रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। तामाङका अनुसार बैठकमा पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन गर्ने तयारी छ। सहमतिमाथि छलफल जारी छ। बैठकमा सर्वोच्चको फैसला, संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक सुदृढताका विषयमा पनि छलपल हुने कार्यालय सचिव तामाङले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्