शुभ साइत हेरेर प्रधानमन्त्री देउवाको बालुवाटार प्रवेश काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवास सरेका छन्। प्रधानमन्त्री देउवा शुक्रबार बिहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको निजी सचिवालयले जनाएको छ। मंगलबार प्रधानमन्त्रीको शपथ लिएपनि उनी बुढानीलकण्ठस्थित निवासमा बस्दै आएका थिए। देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्