‘देउवाले विश्वासको मतप्राप्त गरेपछि माधव नेपाल लिलामी लायक पनि रहनेछैनन्’ काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि वरिष्ठ नेता माधवकुमार नेपालको मूल्य ओरालो लागेको बताएका छन्। उनले आज ट्वीटर मार्फत भनेका छन्, ‘केपी ओली सरकारको नेतृत्वमा हुँदासम्म माधव कमरेडहरुको केपी विरोधको निकै ठूलो मूल्य थियो। देउवाजी प्रम भएपछि त्यो घट्दैछ। विश्वासको मतप्राप्त गरेपछि लिलामी लायक पनि रहन दिने छैनन्।”
प्रतिक्रिया दिनुहोस्