नेकपा एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने काठमाडौं। नेकपा (एमाले) संसदीय दलको बैठक शुृक्रबार बस्ने भएको छ। एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् कक्षमा बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए। आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो। गत सोमबार सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरी प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्