माधव नेपाल, प्रचण्ड र विप्लवबीच नेपाल निवासमा छलफल काठमाडौं। एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच छलफल भएको छ। छलफलका लागि एमाले वरिष्ठ नेता नेपालको निवासमा प्रचण्ड र विप्लव पुगेका हुन्। यसअघि बुधवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विप्लवबीच भेट भएको थियो। नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा छलफल भएको जनाईएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्