विश्वासको मत पुर्‍याउन देउवाको दौडधुप काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तीव्र तयारी गरेका छन्। देउवाले बुधबार एमाले नेता माधवकुमार नेपाललाई उनकै निवासमा भेट गरेका छन्। नेपाल र जसपाबाट समर्थन लिएर देउवा विश्वासको मत लिने योजनामा छन्। जसपा विभाजित अवस्थामा भएपनि उपेन्द्र यादव र डा.बाबुराम भट्टराई देउवा सरकारको पक्षमा छन्। प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्