जनमोर्चा देउवा सरकारमा सहभागी नहुने काठमाडौं। राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ। बुधबार बसेको जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले देखापढीलाई बताइन्। उनले भनिन्– ‘पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ, बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ।’ विपक्षी गठबन्धमा रहेको जनमोर्चासँग प्रतिनिधिसभामा एक सिट रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्