बालुवाटार छाड्दै ओली– बाटोमा कार्यकर्ताको स्कटिङ्ग र नागरिक अभिनन्दन हुने काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन्। उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन्। ओलीलाई भव्य तयारीका साथ बालुवाटारदेखि बालकोटसम्म लग्ने तयारी भएको एमाले नेता महेश बस्नेतले बताए। बालुवाटारबाट बिहान ११ बजे ओलीलाई हजारौं नेता कार्यकर्ताको स्कटिङ्ग र स्वागतका साथै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दनसहित प्रस्थान गराउने कार्यक्रम रहेको बस्नेतले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्