नियुक्ति सच्चिएसँगै देउवाले लिए शपथ काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नियुक्तिमा संविधानको धारा उल्लेख नगरी शपथ नलिने अडान लिएका देउवाले पछि सर्वोच्चको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि शपथ लिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्