जनादेश आफ्नो पक्षमा हुँदाहुँदै परमादेशका कारण बिदा हुनुपर्यो: अध्यक्ष ओली काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै परमादेशका कारण सरकारबाट बिदा हुनुपरेको बताएका छन्। मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले भने,“जनादेश मेरो पक्षमा थियो तर अदालतको परमादेश देउवाजीको पक्षमा गयो।” लोकतन्त्र आफ्नोलागि जीविका नभई जीवन भएको र आफूले लोकतन्त्रको लागि जीवन समर्पित गरेको उनको दावी थियो। फैसलाले लोकतन्त्रको संरचना नै क्षतिग्रस्त हुनसक्ने तर्फ उनले चिन्ता व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्