सरकारमा सहभागिताबारे निर्णय गर्न जसपाको बैठक सुरु काठमाडौं। सरकारमा सहभागिताबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा सुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर उपलब्ध कार्यकारिणी समिति सदस्यहरू सहभागी छन्। बैठकमा विकसित राजनीति घटनाक्रम, सरकारमा सहभागिता र निर्वाचन आयोगमा पुगेको पार्टी विवादबारे छलफल हुने कार्यकारिणी समिति सदस्य डम्बर खतिवडाले देखापढीलाई बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्