मन्त्री चयनका लागि कांग्रेस छलफलमा काठमाडौं। सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी हुने मन्त्री छनोटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा जुटेका छन्। देउवा निवास बुढानीलकण्ठमा बिहानैदेखि कांग्रेस नेताहरु छलफलमा रहेपनि टुंगो लागिसकेको छैन। बुढानिकण्ठ स्रोतकाअनुसार मन्त्री बन्नेमा बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, पुष्पा भुषाल लगायतकोे नाम चर्चामा छ। हाल छलफलमा रहेकाले मन्त्री बन्नेको टुंगो नलागिसकेको नेता बालकृष्ण खाँणले देखापढीलाई बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्