विपक्षी गठबन्धनको बैठक कोटेश्वरमा सुरु काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ। सर्वोच्च अदालतको आदेशबाट संसद् पुनर्स्थापना भएपछि बसेको बैठकमा नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, नेकपा माओवादीबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिति रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्