राष्ट्रियसभाको चालु अधिवेशन सकियो काठमाडौं। राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३(२) बमोजिम अधिवेशन अन्त्य गरेकी हुन्। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार जारी सूचनामा आज राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको उल्लेख गरेका छन्। साथै मंगलबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको बैठक पनि स्वत्तः अन्त्य भएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्