सर्वोच्चको फैसला संविधान र लोकतन्त्रको पक्षमा : माओवादी प्रवक्ता श्रेष्ठ काठमाडौं। नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको सर्वोच्चको फैसलालाई संविधान र लोकतन्त्रको पक्षमा भएको बताएका छन्।“सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्याएको छ। यसको हामी स्वागत गर्दछौं। प्रतिगमनकोविरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु, नागरिक आन्दोलन र आम जनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु।”सर्वोच्चले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्