एमाले स्थायी कमिटी बैठक स्थगित, एकताका लागि थप पहल हुने काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको आजको बैठक स्थगित भएको छ। आन्तरिक एकतासम्बन्धी छलफल चलिरहेकाले एकताका लागि थप पहलकदमी लिन बैठक स्थगित गरिएको हो। बैठक सोमबार साँझ बस्ने गरी स्थगित भएको नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। कार्यदलस्तरमा सहमतिमा हस्ताक्षर भएपछि सो सहमति पेस गर्न ४ बजे बोलाइएको बैठक ७ बज्दा समेत सहमतिमा हस्ताक्षर नहुँदा बैठक स्थगित भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्