राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरौंः गौतम काठमाडौं। नेकपा(एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य बामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताएका छन्। आइतबार राष्ट्रियसभाको बैठकमा गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभा बिचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भएपनि राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताए। उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट राष्ट्रियसभामा पेश गर्नुपर्नेे माग पनि पनि गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्