एमालेको विरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित पोखरा। प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेको छ। आर्थिक वर्षको अन्त्यमा भएको रकामान्तरबारे जानकारी माग्दै एमालेले सदन अवरुद्ध गरेको जनाइएको छ। बैठकको सुरुमै एमाले नेता रामशरण बस्नेतले रकामान्तरबारे फेहरिस्त नआउँदासम्म सदन चल्न नसक्ने भन्दै विरोध गरेपछि बैठक स्थगित भएको हो। प्रदेश सरकारले रातो किताबमा नै नभएका विभिन्न योजना १० दिनमा सक्ने भन्दै १६ करोड रकामान्तर गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्