गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गर्‍यो: पूर्वमुख्यमन्त्री गुरुङ काठमाडौं। प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नवगठित गण्डकी प्रदेश सरकारलाई भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएको छ। पत्रकार सम्मेलन गर्दै एमाले नेता एवं पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारले गैरबजेटरी रकममार्फत भ्रष्टाचारको सुरुवात गरेको बताएका हुन्। सरकारले हालै बजेटबाट १६ करोड रुपैयाँ रकमान्तर गरी कार्यकर्तामा बाँडेको एमालेको आरोप छ। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्