एक जनामा सहमति नजुटे, सभापतिमा उम्मेदवारी दिन्छु: नेता केसी
काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सभापतिको साझा उम्मेदवारमा सहमति नजुटे आफूले पनि उम्मेदवारी दिने बताएका छन् । अन्तिमसम्म संस्थापन बाहिरको समूहबाट साझा उम्मेदवारको लागि प्रयास गर्ने र सो सम्भव नभएमा सभापतिमा उम्मेदवारी दिने तयारी रहेको उनले बताए । केसीले कांग्रेस नेतृत्वमा पुस्तान्तरणको आवश्यकता रहेकाले अहिले आगामी महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्
