शशांक कोइराला भन्छन्– म, निधि र प्रकाशमानमध्ये एक सभापतिको उम्मेदवार काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व आफू, बिमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एकले सभापतिमा उम्मेदवारी दिने बताएका छन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले पार्टीको नेतृत्व हस्तान्तरण हुने बेला आएकाले नयाँ पुस्तालाई दिनुपर्ने बताएका हुन्। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्