विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक आज पनि बस्ने काठमाडौं।एमालेभित्र देखिएको विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ।बिहान साढे ११ बजे अर्थ मन्त्रालयमा बैठक बस्न लागेको हो। यसअघि बिहीबार साँझको बैठकमा सहमति हुने भनिए पनि अर्थमन्त्री समेत रहेका कार्यदल सदस्य विष्णु पाैडेल सहभागी नभएपछि अनाैपचारिक छलफल मात्रै भएको थियो। बिहीबार सहमतिको प्रयासस्वरूप अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो तहका नेताहरूसहित छलफल भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्