ओली र नेपालबीच आजै वार्ता हुनसक्ने काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज वार्ता हुनसक्ने बताईएको छ। कार्यदलको बैठकबाट निस्कने क्रममा कार्यदल सदस्य एवम् नेता सुवासचन्द्र नेम्वाङले सहमतिका लागि आज आवश्यक तयारी हुने बताए।उनले तयारीका क्रममा अध्यक्ष ओली र नेता नेपालबीच पनि भेट हुनसक्ने बताए। “आवश्यक परेको अवस्थामा दुई नेता पनि भेट्ने हुनसक्छ अथवा कार्यदलको तयारीस्वरुप पनि भेट्ने हुनसक्छ’, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्