एमालेमा गएका नेताले माओवादी केन्द्र खारेजीको मागसहित आयोगमा निवेदन दिने काठमाडाैं।माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेताहरूले नेकपा माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिने भएका छन्।माओवादी केन्द्रको वैधानिकता समाप्त भएकाे दाबीसहित रामबहादुर थापा, टोपबहादुर रायमाझी,लेखराज भट्ट,प्रभू शाह लगायतले निवेदन दिन लागेका हुन्।२०७१ सालदेखि महाधिवेशन नभएको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै उनीहरूले निवेदन दिन लागेका हुन्। माओवादी केन्द्रको सातौं महाधिवेशन २०६९ साल माघमा भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्