सप्तरी अब पछाडी परेको जिल्लामा चित्रित हुँदैन : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरी अब पछाडी परेको जिल्लाका रुपमा चित्रित नहुने बताएका छन्। सप्तरीको राजविराजमा बन्न लागेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलबार भुर्चअल शिलान्यासमा प्रधानमन्त्रीले प्रतिष्ठान सप्तरीमा बनेका विकास परियोजना मध्ये सर्वाधिक ठूलो परियोजना बन्न हुने बताए। प्रतिष्ठानको स्थापनाले जिल्लामा स्तरीय चिकित्सा शिक्षाको अवसरका साथै अन्य आर्थिक गतिविधि बढ्ने प्रधानमन्त्रीको विश्वास थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्