गणतन्त्र र संविधान अहिले सर्वोच्च अदालतको शरणमा : डा.बाबुराम भट्टराई काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान अहिले सर्वोच्च अदालतको शरणमा रहेको बताएका छन्।“संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान अहिले सर्वोच्च अदालतको शरणमा छ। कानूनका नौ सिंग हुन्छन् रे! तर सार्वभौमसत्तासम्पन्न जनताद्वारा निर्वाचित प्रतिनिधिसभाका बहुमत सदस्यले राष्ट्राध्यक्ष र सर्वोच्च अदालतमा पेश गरेको हस्ताक्षर भन्दा बलशाली सिंग अर्को हुनसक्दैन।श्रीमानहरूको जो विचार!”,भट्टराईले आज ट्विटरमा लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्