प्रतिनिधिसभा विघटन : जवाफी बहस शुरु काठमाडौं।प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस सुरु गरेका छन्। सभामुखका तर्फबाट बहस सकिएपछि आइतबार रिट निवेदनका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस गरेका थिए।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सुनुवाइ भइरहेको हो।दाहालपछि वरिष्ठ अधिवक्ता शम्भु थापा र बद्रीबहादुर कार्कीले बहस गर्नेछन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्