शिक्षामन्त्री श्रेष्ठलाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। सञ्चारकर्मी रूपा सुनारले श्रेष्ठले पदीय ओहोदा र सरकारी पद तथा स्रोत समेतको दुरुपयोग गरेको भन्दै रिटमा दायर गरेकी हुन्। रिटमा संविधान तथा कानूनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको भन्दै रिटमा उनलाई पदबाट हटाउन माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
