नेताहरुको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव छैन : बामदेव गौतम काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन्। राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गौतमले नेपाल र ओली रिसाएको भन्दै रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास सार्थक नहुने उल्लेख गरे। आफू भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओलीतिर लागेको उनको स्पष्टोक्ति थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्