ओलीसँग भेटन नेपालले गरे अस्विकार काठमाडौं। नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेको बताएका छन्। नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेका थिए। भेटमा प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको नेता पौडेलले बताए। राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँबानेश्वरमा नेता नेपालसँगको भेटबारे सञ्चारकर्मीलाई उनले सो जानकारी दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्