प्रधानन्यायाधीशले भने–संविधानको धारा ७६(७) ले विघटन हुन्छ भनेपछि कसरी फिक्स्ड टर्म पार्लियामेन्ट हुन्छ? काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधानअनुसार सरकार बन्न सकेन भने धारा ७६(७)ले विघटन हुन्छ भनेको छ भने किन फिक्स्ड टर्म पार्लियामेन्टमा जानु हुन्छ भनेर प्रश्न गरेका छन्।सभामुखका तर्फबाट बहस सुरु गरेका अधिवक्ता मेघराज पोखरेलले संविधानको व्यवस्था बमोजिम पार्लियामेन्ट ५ वर्ष चल्ने फिक्स्ड हो भनेपछि जबराले पोखरेललाई संविधानको धारा ७६(७) सम्झाएका हुन्।पोखरेलले संसद पाँच वर्षसम्म चल्ने निश्चित भएको जिकिर गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्