लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्माले दिइन राजीनामा काठमाडौं। लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्माले पदबाट आज राजीनामा दिएकी छन्। उनले मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा बुझाएको बताएकी हुन्।“जनता समाजवादी पार्टी,नेपालको तपाईंको नेतृत्वमा रहेको सरकारलाई समर्थन नरहेकोले मैले तपाईंको सरकारमा पार्टीको समर्थन र सहयोगबिना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकोले नेपालको संविधानको धारा१६९को२(क) बमोजिम आजको मितिबाट लागू हुनेगरी मैलै मेरो मन्त्री पदबाट राजीनामा गरेको छु,”राजीनामा पत्रमा लेखेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्