अदालतले राष्ट्रपतिलाई आदेश दिन मिल्दैनः पूर्वमहान्यायाधीवक्ता खरेल काठमाडौं। पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा अदालतले परमादेश जारी गर्न नमिल्ने बताएका छन्। बिहीबार संवैधानिक इजलासमा बहस गर्दै उनले अदालत कुनै खेलको रेफ्री मात्र रहेको भन्दै अदालतले प्रधानमन्त्री नियुक्त गर भन्न नमिल्ने जिकिर गरे। राष्ट्रपति संविधानको संरक्षक रहेकाले अदालतले यसरी परमादेश जारी गर्ने आफूले अनुमान नगरेको उनको भनाई थियो।
प्रतिक्रिया दिनुहोस्