प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णय संवैधानिकः वरिष्ठ अधिवक्ता मैनाली काठमाडौं। वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले दलीय अनुशासनलाई तोड्ने गरी सरकारले निर्णय गर्न नसक्ने बताएका छन्। संवैधानिक इजलासमा आज प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गर्दै उनले प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णय संवैधानिक भएको तर्कसमेत गरे। प्रधानमन्त्रीका तर्फबाट आज मैनालीसहित तीन जना वरिष्ठ अधिवक्ताले बहस गरेका थिए। प्रधानमन्त्रीका तर्फबाट बहस गर्ने २३ कानून व्यवसायीमा २० जनाले बहस गर्न बाँकी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्