केपी ओली भिलेन भए, लड्दै जाने हो : प्रचण्ड काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओली भिलेन भएको टिप्पणी गरेका छन्। नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग अन्तक्रियामा उनले विश्वमै कम्युनिष्ट पार्टीभित्र भिलेन जन्मिएको उल्लेख गरे। “संसारमा कुनै त्यस्तो कम्युनिष्ट पार्टी छैन जहाँ भिलेन नजन्मिएको होस्। भिलेन जन्मिन्छन् लड्दै जाने हो”,उनले भने। संविधान,प्रणाली र लोकतन्त्रका मूलभूत मान्यताको र राष्ट्रियताको रक्षाका लागि एक हुनुको विकल्प नभएको प्रचण्डको दाबी थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्